+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण – ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १९:१९

१२ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

ज्ञवालीले ट्वीट गर्दै अदालतको यो फैसलाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण भएको र  नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको बताएका छन् ।

‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’ उनले प्रश्नसमेत गरेका छन् ।

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?