+
+
Shares

७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १८:४३

१३ जेठ, काठमाडौं । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।

योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक विक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलाञ्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौं सिनामंगलका ३३ वर्ष श्रवण कार्की रहेका छन् ।

उनीहरुलाई आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?