+
+

कान्समा नेपाली फिल्म ‘लोरी’ले जित्यो स्पेसल मेन्सन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ८:५४
Photo Credit : Festival de Cannes
अविनाश विक्रम शाह

१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।

यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।

नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ ।

एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी होसमा आउँछिन् वास्तविकता धेरै डरलाग्दो र जीवन परिवर्तन गर्ने देखिन्छ ।

यो फिल्मको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाले यसमा अभिनय गरेका छन् । नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरुपमा यसलाई निर्माण गरेका हुन् ।

मुख्य प्रतिस्पर्धातर्फको अवार्ड पाम दे ओरचाहिँ रुबेन ओस्टलन्डले ‘ट्रयांगल अफ स्याडनेस’बाट जिते । उनको यो दोस्रो पाम दे ओर हो । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड जितेका थिए ।

११ दिनसम्म चलेको कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’बाट प्रतिनिधित्व गर्दै रेडकार्पेट नापेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?