+
+

गुजरात टाइटान्सलाई पहिलो सहभागितामा नै आईपीएलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ०:४४

१६ जेठ, काठमाडौं । कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।

पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो ।

गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए ।

राजस्थानले टस जितेर पहिला ब्याटिङ गदै २० अभेरमा १३० रन बनाएको थियो । राजस्थानको ओपनरद्वय जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाए ।

१३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो । राजस्थानलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।

लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?