+
+

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ८:०६

१६ जेठ, विराटनगर । उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।

मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियाे ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?