+
+

‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १४:२८

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन् ।

यसअघि फिल्ममा अभिनय गरेबापत १५ देखि २० करोड भारु पारिश्रमिक लिंदै आएका कार्तिकले अब एक फिल्मको ३५ देखि ४० करोडसम्म लिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘भुल भुलैया २’पछि कार्तिक चाँडै फिल्म ‘शहजादा’मा देखिंदैछन् । यो फिल्ममा कार्तिकका साथ कृति सेनन पनि मुख्य भूमिकामा देखिनेछिन् । यो तेलुगू फिल्म ‘अला वैकुण्ठपुरमुलु’को रिमेक हो । फिल्ममा मनिषा कोइराला र परेश रावलले पनि अभिनय गरेका छन् ।

‘भुल भुलैया २’अघि कार्तिक फिल्म ‘धमाका’मा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?