+
+

भारतमा किन चर्कियो ‘लाल सिंह चड्डा’ बहिष्कारको मुद्दा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १६:४३

काठमाडौं । आमिर खान र करिना कपुर स्टारर ‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज भयो । सामाजिक सञ्जालमा भिडियो सेयर हुनेबित्तिकै केही प्रयोगकर्ता फिल्मका दुई मुख्य कलाकारलाई लिएर विरोधमा उत्रिए ।

आमिर खानसँग सम्बन्धित एक पुरानो विवादलाई कोट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । साथै, फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत उनीहरुले गरेका छन् ।

आमिरले यसअघि भनेको ‘भारत असहिष्णु छ’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै एक ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘जसले भारतलाई सुरक्षित थलो ठान्दैन उसले आफ्नो फिल्मलाई पनि भारतमा रिलिज गर्नुहुँदैन । उनी पाकिस्तान वा अफगानिस्तानमा जानुपर्छ जहाँ उनका दाजुभाइ बस्छन् । यसकारण लाल सिंह चड्डालाई बहिष्कार गरौं ।’

अर्को एक प्रयोगकर्ताले नेटिजमलाई लिएर करिनाले यसअघि दिएको अभिव्यक्तिको कारण बहिष्कार गर्नुपर्ने तर्क अघि सारेका छन् । ‘लाल सिंह चड्डा हेर्नुहुन्न भन्ने दुईवटा तर्क मसँग छन् । एउटा करिना कपुरले हामीलाई फिल्म नहेर्नु भनेकी छन्, दोस्रो मैले फरेस्ट गम्प हेरसकेको छु र मैले म त्यसको आकर्षणलाई खुइलाइन चाहँदिन ।’

अर्का एक प्रयोगकर्ताले ट्रेलरमा प्रयुक्त सैनिक भाषा र शब्दावलीलाई लिएर टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘उनको नयाँ फिल्म आउँदैछ । सैनिक पोशाक लगाएर अभिनय गर्नु चुनौतीपूर्ण हो । सैनिकलाई लिएर पनि धेरै व्यंग्य गरिएको छ । आशा गर्छु दर्शकले यसलाई बहिष्कार गर्नेछन् । मलाई थाहा छैन, भारतीय सैनिकलाई उनले कसरी स्पष्टीकरण दिन्छन् । बहिष्कार गरौं ।’

आइतबार रिलिज भएको ट्रेलरलाई २४ घण्टामै ६२ मिलियन पटक हेरिएको छ । साउन २६ गते जनैपूर्णिमाको छेकोमा यो फिल्म सिनेमा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?