+
+

१६ सय जना सर्जकलाई २ करोड ७१ लाख रोयल्टी वितरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १८:१४

काठमाडौं । संगीत तथा रोयल्टी संकलन समाजले १ हजार ६३८ जना सर्जकलाई २ करोड ७१ लाख २६ हजार रुपैयाँ रोयल्टी वितरण गर्ने भएको छ ।

जेठ २५ गते आयोजना हुने कार्यक्रममा उक्त रकम बराबरको रोयल्टी वितरण हुन लागेको हो । समाजका महासचिव बद्री पाण्डेका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म संकलित रोयल्टी वितरण हुनेछ ।

यातायात, रेडियो, टेलिभिजन, सभाहल, मेला महोत्सव, कन्सर्ट र केही टीभी रियालिटी शोबाट उक्त रकम संकलन भएको हो । डिजिटल तथ्यांक, सदस्यता भएको, योगदान दिएको र युट्युब ¥याङकिङको आधारमा रोयल्टी वितरण हुने महासचिव पाण्डेले जानकारी दिए ।

यसपटक एक सर्जकले न्यूनतम ५ हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्मको रोयल्टी प्राप्त गर्दैछन् । सदस्य नभएकालाई चाहिं रोयल्टी प्रदान नहुने भएको छ । सदस्यता पत्र देखाएर मात्र रोयल्टी बुझ्न समाजले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?