+
+

सडकमा हिंडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १९:३८

१९ जेठ, काठमाडौं। प्रहरीले सडकमा पैदल हिंडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ घर भई वडा ५ मा बस्‍ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डेढ लाख बराबरको सुनको सिक्री बरामद गरेको छ ।

पक्राउ परेका नगरकोटीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?