+
+

थप २६ जनामा कोरोना संक्रमण, १११ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १५:५५

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ०९ जना निको भएका छन् भने हाल देशभर १११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?