+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

रासस रासस
२०७९ जेठ २२ गते १०:४५

२२ जेठ, बनेपा । पनौती-बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?