+

बंगलादेशविरुद्ध रग्बी सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

२०७९ जेठ  २२ गते १२:२८ २०७९ जेठ २२ गते १२:२८
बंगलादेशविरुद्ध रग्बी सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

२२ जेठ, काठमाडौं । नेपाल रग्वी संघले बंगबन्धु बंगलादेश–नेपाल रग्बी शृंखलाका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

अघिल्लो महिना सम्पन्न छनोट क्याम्पबाट आएका ३५ जनामध्येबाट राष्ट्रिय टोलीका प्रशिक्षकत्रय विनोद तामाङ, टंकराज र गोपाल क्षेत्रीले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपाल टिमले बंगलादेशको राष्ट्रिय टोलीसँग असार ७ र ८ गते ढाकामा सेभेड साइडका दुई र १५ साइडको एक खेल खेल्नेछ ।

नेपाली टोली

फरवार्डः श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्ल, विवेश बासु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, विक्रम घर्ती, शेरबहादुर ओली, क्षितिज कार्की, सन्जीव कुँवर

ब्याकः कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सन्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश थोकर तामाङ, नरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेषराज बास्तोला र सविन महत ।

नेपाल रग्बी रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय