+
+

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते २०:३९

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरे । एकपक्षीय खेलमा एपीएफका लागि लामाले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । ७६ औं मिनेटमा एपीएफका गुरुङ र खेलको अतिरिक्त समयमा थिङले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा फ्रेण्डसका रोशन पहारीले रेडकार्ड प्राप्त गर्दै मैदान छाडेका थिए । खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दशहजार रुपैयाँ नगद प्राप्त गरे ।

एपीएफले सेमिफाइनल प्रवेशका लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी प्रतियोगिताको साविक विजेता हो ।

आइतबार भएको दोस्रो खेलमा ए डिभिजन लिगको नवप्रवेशी टोली खुमलटारमाथि नेपाल पुलिस क्लबले संघर्षपूर्ण जित निकाल्यो । पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औं मिनेटमा गोल गरेका थिए । खुमलटारका लागि अजित लामाले ८५ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । खेलमा खुमलटारले गोल गर्ने धेरै अवसर सिर्जना गरेपनि पुलिसका गोलरक्षक सत्रुधन चौधरी बाधक बनेका थिए ।

पुलिसले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?