+
+

नेसन्स लिग : इटलीको पहिलो जित, जर्मनी र इंग्ल्याण्डले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १०:३९

२५ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इटलीले पहिलो जित निकाल्दा जर्मनी र इंग्ल्यान्डले बराबरी खेलेका छन् ।

लिग ए अन्तर्गत समूह ए मा इटलीले हंगेरीलाई २-१ ले हरायो । इटालीलाई जित दिलाउन निकोलो बरेलाले ३० औं र लोरेन्जो पेल्लिग्रिनीले ४५ मिनेटमा गोल गरे । इटलीकै जियानलुका मान्सिनीले भने ६१औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

जितपछि इटली २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । हंगेरी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको ५०औं मिनेटमा जोनस होफम्यानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।तर, खेलको ८८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको हार टारे ।

पहिलो खेलमा हंगेरीसँग पराजित इंग्ल्याण्डले बराबरीबाट १ अंक जोडेको छ । लगातार दोस्रो बराबरी खेलेको जर्मनी २ अंमसहित तेस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?