+
+
Shares

१६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १४:१६

२५ जेठ, काठमाडौं । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ ।

राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको एसपी काफ्लेले बताए ।

‘पहिले आफू शौचलाय गएको बेला छोरी हराएको भनेकी थिइन्’ प्रहरी एसपी काफ्ले भने, ‘घटनाबारे बुझ्दै जादा किशोरी आफैंले नै सेप्टिक ट्यांकीमा फालेको कुरा स्वीकारेकी छन् ।’

प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् । शिशुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?