+
+

महाअभियोग प्रस्ताव पेण्डिङ राखिराख्न हुँदैन : एमाले सचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १४:३९

२५ जेठ, काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताएकी छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले महाअभियोग प्रस्ताव छलफल नगरी राख्न नहुने बताइन् ।

‘महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्‍यो नि’ उनले भनिन्, ‘…मान्छेको जीवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? त्यसैले कि दर्ता गर्नु हुन्थेन ।’

सचिव अर्यालले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव पारित गर्न नभई आफ्नो उद्देश्य पूरा गर्न मात्र ल्याएको टिप्पणी गरिन् । ‘हामी नेकपा एमालेले त त्यतिबेलै भनेका थियौं । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पुरा गर्नको निम्ति ल्याएको हो, त्यो कुरा आज पुष्टि भएको छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?