+
+

नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको ६ गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ७:२५

२६ जेठ, काठमाडौं । युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बेल्जियमले गोलको वर्षा नै गर्‍यो ।

खेलको २८औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए पनि त्यो लामो समय टिकेन । ४२औं मिनेटमा एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा बेल्जियमले पाँच गोल गर्‍यो । जसमा दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोन्ड्रो ट्रोसार्डले ७३औं र ८०औं मिनेटमा गोल गरे । केभिन डे ब्रुएनाले ५९औं, लिएन्डर डेनडोनकरले ८३औं र लोइस ओपेन्डाले इन्जुरी टाइममा गोल गरे ।

पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेर बेल्जियम दोस्रो स्थानमा उक्लेको छ भने पराजित पोल्याण्डको ३ अंक नै छ । दुवै खेल जितेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । कुनै खेल जित्न नसकेको वेल्स समूहको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?