+
+

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते २०:३६

२८ जेठ, काठमाडौं । नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।

उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोस्रो तथा राम गोले र लक्ष्मण गोले तेस्रो भए । चारै प्रहरीका हुन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्षको पुरुष एकलमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मुलपानीका आयुश ढुंगेलले कांस्य हात पारे । सो स्पर्धाको महिलामा आर्मीकी पूर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

पुरुष एकलको १२–१५ वर्ष उमेरसमूहमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य हात पारे । सो स्पर्धाको महिलामा गोदावरीकी सर्गम थापा पहिलो, स्वयंभूका तारा वाइबा दोश्रो तथा स्वयंभूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ तेश्रो स्थानमा रहे ।

पुरुष एकलको १०–१२ वर्षमा गोदवारीका निरब महर्जन पहिलो, स्टेपिङ स्टोनका अद्रिश रायन दोश्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेस्रो बने । त्यसै स्पर्धाको महिलामा न्युजेनकी श्रृष्टि स्याङबो प्रथम, झापाकी खुशी गौतम द्वितीय तथा जैशीदेवलकी मुबिक्क्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तेस्रो भए ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न १४ विधामा प्रतिस्पर्धा भइरहेको छ । यसै प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने भएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?