२९ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ ।
बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्ने ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।
उनका अनुसार साहुको हत्या भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4