+
+

सेफ नेपालका अध्‍यक्ष राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:१३

३० जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको आरोपमा यादवविरुद्ध अख्तियारले सोमबार भ्रष्टाचारविरुद्धको मुद्दा दायर गरेको हो ।

यादवले रौतहट, स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर-५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी नक्कली बिल भर्पाई गरी १ लाख ७२ हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्‍दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवाना अख्तियारले मागदाबी अख्तियारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?