+
+

जी-बब र परिवारबीच तीन बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:०५

३० जेठ, काठमाडौं । र्‍यापर सुदिप भण्डारी (जी-बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको समयमा आमा बुबालाई भेट गराउने ब्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने’ सहमतिको दोस्रो बुँदामा भनिएको छ ।

साथै, कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ ।

यसअघि जी-बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका थिए । आमाबुबाले पनि उनलाई बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?