+
+

नाइजेरियाको कीर्तिमानी जित, भिक्टर ओसिमहेनको चार गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:१७

३१ जेठ, काठमाडौं । भिक्टर ओसिमहेनले चार गोल गरेपछि नाइजेरियाले आफ्नो फुटबल इतिहासमै अहिलेसम्मको ठूलो जित निकेको छ ।

अफ्रिकन कप अफ नेसन्नसको छनोटमा नाइजेरियाले साओ टोम एण्ड प्रिन्सिपेलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

नाइजेरियाको फुटबल इतिहासमा यो अहिलेसम्मकै ठूलो जित हो । यसअघि नाइजेरियाले सन् १९५९ मा बेनिलाई १०–१ ले हराएको थियो ।

मोरोक्कोमा सोमबार राति भएको खेलमा नाइजेरियाको ओसिमहेनले चार गोल गरे । यस्तै तेरेम मोफीले दुई तथा मोसेस सिमोन, ओगहेनेकारो इटिवो, एडेमोला लुकमान र इमानुयल डेनिसले एक-एक गोल गरे ।

२३ वर्षीय ओसिमहेनले २२ अन्तर्राष्ट्रिय खेलमा १५ गोल गरिसकेका छन् । उनी एकै खेलमा चार गोल गर्ने दोस्रो नाइजेरियन खेलाडीसमेत बने । यसअघि रासिदी येकिनीले सन् १९९१ म बुर्किना फासोविरुद्ध नेसन्स कपकै छनोटमा चार गोल गरेका थिए ।

समूह ए मा लगातार दोस्रो जितसहित नाइजेरिया ६ अंक जोडेर शीर्ष स्थानमा छ । गिनिया विसाउ ४ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?