
३१ जेठ, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिए ।
रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा नं.२ को सानोदमकस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।
पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्रेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4