+
+

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:३०
फाइल तस्वीर

३१ जेठ, काठमाडौं । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने भएकी छन् ।

केही दिनअघि मात्र मलेसियामै आईसी यू-१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् ।

मनिषालाई एपेन्डिक्सको समस्या भएकोले सोमबार मनिषालाई अस्पताल लगिएको र आज होटल लिएर आएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अहिले उनको अवस्थान सामान्य छ ।

मनिषा अस्वस्थ भएपछि अब १४ सदस्यीय नेपाली टोली मात्र मलेसिया जानेछ ।

असार ३ देखि ११ गतेसम्म मलेसियामा हुने च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ भने सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बीमा बहराइन, भुटान, हङकङ र कुवेत छन् । समूह एमा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन् । समुह चरणका खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपाली टोली : रुविना क्षेत्री (कप्तान), इन्दु बर्मा (उपकप्तान), ज्योति पाण्डे, सीता राना मगर, कविता कुँवर, अस्मिना कमचार्य, कविता जोशी, मनिषा उपाध्याय, डली भट्ट, बिन्दु रावल, संगीता राई, अप्सरी बेगम, काजल श्रेष्ठ, सवनम राई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?