+
+

आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १८:१४

३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटाएको छ ।

यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिय नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेकाे जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?