+
+

सुशान्तको स्मृतिमा रियाले लेखिन्- म प्रत्येक दिन तिमीलाई मिस गर्छु !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १८:२४

काठमाडौं । मंगलबार बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको दुई वर्ष पुगेको छ । उनका प्रशंसक, साथी र बलिउड कलाकारले उनको सम्झना गरेका छन् ।

यसैबीच, सुशान्तकी प्रेमिका समेत रहेकी अभिनेत्री रिया चक्रवर्तीले पनि सुशान्तसँगका चार पुराना तस्वीर सेयर गर्दै उनलाई सम्झिएकी छन् । रिया लेख्छिन्, ‘म हरेक दिन तिमीलाई मिस गर्छु । मिस यु एभ्री डे ।’

यससँगै रियाले ब्ल्याक हर्टवाला इमोजी पनि सेयर गरेकी छन् । यी सबै तस्वीरमा सुशान्त र रियाले रोमान्टिक समय बिताएको देख्न सकिन्छ ।

सुशान्तकी बहिनी श्वेता सिंहले पनि मर्मस्पर्शी नोट सेयर गर्दै दाजुलाई सम्झिएकी छन् । उनी लेख्छिन्, ‘भाइले आफ्नो नश्वर शरीर छाडेको दुई वर्ष पूरा भएको छ । तर तपाईं आफ्ना मूल्यको कारण अमर हुनुहुन्छ जो तपाईं पछ्याउनुहुन्थ्यो । दया, करुणा र प्रेम तपाईंका गुण थिए । तपाईं केही मान्छेको लागि राम्रो गर्न चाहनुहुन्थ्यो ।’

दुई वर्षअघि १४ जुन २०२० मा सुशान्तको ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । नेपाली फ्यानले पनि सामाजिक सञ्जालमार्फत सुशान्तलाई स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?