+
+

एकीकृत समाजवादीको विद्यार्थी संगठनले भन्यो– अमेरिकाबाट प्रस्तावित एसपीपी घातक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ७:३९
सुदेश पराजुली, अध्यक्ष,अनेरास्ववियू

१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले नेपालसामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालका लागि घातक रहेको जनाएको छ ।

यो प्रस्ताव नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको अनेरास्ववियूको ठहर छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोलेको रुपमा अनेरास्ववियूले बुझेको छ ।’

अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाव दिंदै नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोजेको भन्दै पराजुलीले विरोध जनाएका छन् ।

साथै एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई अनुरोध गर्दै यसको प्रतिवाद गर्न सबैमा अपिल गरिएको छ । यो अनुरोधलाई बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?