+
+

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:३६

काठमाडौं । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ ।

सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ ।

यो फिल्मबाट पूजा महंगी अभिनेत्रीको रुपमा चर्चित भएकी हुन् । फिल्मबाट उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ । आफ्नो ब्यानरभन्दा बाहिरको फिल्ममा पूजाले ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’पछि पूजाले यो प्रोजेक्टमा काम गरेकी हुन् ।

ब्रेकअपपछि पूजा र आकाश अभिनित दुई फिल्म प्रदर्शन हुँदैछन् । ‘सम्झना बिर्सना’पछि ‘सम्हालिन्छ कहिले मन’ मार्फत पूजा र आकाश दर्शकमाझ आउन लागेका हुन् । तर ब्रेकअपछि व्यावसायिक रुपमा अघि बढ्न उनीहरुलाई असहज भएको खबर आइरहेका छन् ।

भदौ १७ मा अहिलेसम्म ‘सम्हालिन्छ कहिले मन’ बाहेकका अन्य फिल्मले रिलिज मिति तोकिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?