+
+

रुपाताल वरपरको वर्षाको लाइभ डाटा मोबाइलमै हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते ८:५८
पानीको रियलटाइम डाटा थाहा पाउने प्रविधि जडान गरेपछि परीक्षण गर्दै प्राविधिकहरु ।

३ असार, काठमाडौं । कास्कीको पोखरास्थित रुपाताल वरपर कति पानी पर्यो भनेर रेकर्ड राख्न स्वचालित मेसिन जडान गरिएको छ । उक्त मेसिनले सो क्षेत्रमा परेको पानी मापन गरी प्रत्येक दश–दश मिनेटमा देखाउँछ । उक्त डाटा इन्टरनेटको पहुँच भएका जोसुकैले निःशुल्क हेर्न सक्छ ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले पानीको रियलटाइम डाटा हेर्न मिल्ने प्रविधि जडान गरेको हो । कार्यालयले आफ्नो वेबसाइटमा राखेको डाटा यहाँ क्लिक गरेर हेर्न सकिन्छ

तालमा बर्सेनि कति पानी पर्दछ र यसले जलाशयमा कस्तो असर गर्दछ भनेर अध्ययन गर्न यसबाट सहज हुने विश्वास छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका आयोजना प्रमुख विदुरमान श्रेष्ठले यो प्रविधिबाट रुपाताल परियोजनालाई मात्र नभइ स्थानीयवासी र रुपाताल घुम्न भनेर आउन चाहने पर्यटकका लागि पनि उपयोगी हुने बताए । ‘वर्षाको रियलटाइम डाटा मोबाइलमै पनि लाइभ हेर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘अत्यधिक पानी परेर जोखिम हुनसक्ने संकेत पाउनासाथ सतर्कतालागि आवश्यक काम गर्न पनि यसबाट सहयोग पुग्छ ।’

मेसिन जडान तथा आईटी सम्बन्धी काम ललितपुरस्थित इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिले गरेको छ ।

रूपाताल

रुपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यालयले रुपातालमा ६ मिटर अग्लो बाँध बाँधेर तालको क्षेत्रफल बढाउने गरी निर्माणको काम सुरु गरेको छ । हाल १२२ हेक्टरमा फैलिएको रुपाताल काम सकिएपछि १८२ हेक्टरमा फैलिने छ ।

यो तालको गहिराइ, पानीको मात्रा, त्यहाँ जम्मा भएको गेग्रान लगायतको अध्ययनको काम भइरहेको छ । त्यही अन्तर्गतको एउटा कम्पोनेन्ट वर्षाको रियलटाइम डाटा पनि हो ।

रुपा ताल क्षेत्रमा साढे चार अर्बको लागतमा तालको क्षेत्रफल विस्तार, वरपर बाटो निर्माणलगायतका काम भइरहेको छ । यी सबै काम तीन वर्षमा सक्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?