+
+

तुरिया खोलाको डाइभर्सन बगेपछि बुटवल–सुनवल खण्ड अवरुद्ध

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असार ३ गते १०:३६

३ असार,बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो ।

बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउन शुरु गरिने भएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खांणले जानकारी दिए ।

उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

गत वर्ष तुरिया खोलाको फलामे पुल भँंचिएपछि डाइभर्सन बनाइएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?