+
+

संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १४:३९

३ असार, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको पनि जानकारी दिइन् ।

समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?