
४ असार, रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए ।
घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4