
५ असार,काठमाडौं । आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4