
५ असार, काठमाडौं। सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको महासचिवमा डा.शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् ।
नेपाल भेटेरिनरी एसोशिएशनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनमा महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् ।
उक्त एसोशिएशनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोशिएशनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोशिएशनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको अध्यक्षमा चयन भएका छन् ।
हिजो भएको बैठकमा सार्क राष्ट्रहरूमा भएको संगठनहरूको प्रतिनिधित्व थियो । र उक्त सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।
नेपाल भेटेरिनरी एसोशिएशनको उक्त १४औँ राष्ट्रिय सम्मेलनमा भएको उक्त बैठकमा सार्कको पशु तर्फको डाइरेक्टर जमाल उद्दीनकाे पनि उपस्थिति रहेको थियो ।
उक्त १४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री चन्द्र बहादुर बुढाले गरेका हुन् ।
सम्मेलनमा ५ सय भेटेनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो । त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त २ दिने सम्मेलन पोखरामा सम्पन्न भएको हो ।
प्रतिक्रिया 4