+
+

नेक्सस कप क्रिकेट सोमबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते २०:०२

५ असार, काठमाडौं । नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यू १६ नेक्सस कप टी-२० क्रिकेटको सिजन ५ सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पहिलो दिन २ खेल हुनेछ । पहिलो खेल जिएचसीए ललितपुर र केसीटीसी तथा दोश्रो खेल आयोजक एनसीए र ओसिस् क्रिकेट एकेडेमीबीच खेल हुने छ ।

असार १४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?