
काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । ।
यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले बैंकिङ सेवा सुविधाको प्रयोगले कसरी जीवनस्तर उकास्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोग, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङको प्रयोग लगायतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनवल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी, महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा पनि साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिंदै जाने बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले बताए ।
प्रतिक्रिया 4