+
+

उपभोक्ता अधिकारवादी संस्थाले गरे इन्धनको मूल्यवृद्धिको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते २०:४८

६ असार, काठमाडौं । उपभोक्ता अधिकारवादी संघसंस्थाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च राष्ट्रिय उपभोक्ता मञ्च र कन्जुमर आई नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा गरेको अनियन्त्रीत र अस्वभाविक मूल्यवृद्धिले बजारलाई भद्रगोल बनाउने बताएका छन् ।

अरु विकल्पलाई ध्यान नदिई केवल मूल्यवृद्धिलाई मात्र सहज रुपमा लिने कार्यले आम सर्वसाधारणको दैनिक जीवन यापन निरन्तर रुपमा थप कष्टकर बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

‘विगत ६ वर्षमा सवैभन्दा बढी वस्तु र सेवामा अस्वभाविक रुपमा अत्याधिक मूल्यवृद्धि भैरहेकोमा सरकारले मूल्य नियन्त्रण गरि उपभोक्तालाई राहत दिनुको साटो निर्लज्ज रुपमा टुलुटुलु हेरी नाफाखोर कालोबजारीयाको संरक्षण प्रदान गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ,’जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने सरकार पूर्ण रुपमा गैरजिम्मेवार बनेको हामीले ठहर गरेका छौं ।’

विज्ञप्तिमा सम्पूर्ण वस्तु र सेवा बजारमा चरम लूट हुँदा पनि नियमन र बजार व्यवस्थापन गर्नुपर्ने सरकार र सरकारी संयन्त्रले प्रभावकारी काम नगर्दा आम उपभोक्ताको संविधान प्रदत्त मौलिक हकहरुको उपभोगमा कुण्ठित भएकोले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएर बजारमा भइरहेको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको छ ।

‘उपभोक्तालाई राहत र स्वच्छ बजार कायम गरी जनउत्तरदायी सरकारको अनुभूति गराउन हार्दिक अपिल गर्दछौ । अन्यथा हामी शसक्त आन्दोलन गर्न वाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?