+
+

अफगानिस्तानमा भूकम्पमा परेर ९२० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १६:३५
भत्किएका घरमा पुरिएका मान्छे खोज्दै ।

८ असार, काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?