+
+

लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १३:४४

९ असार, काठमाडौं । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले अनलाइनखबरसँग भने, ‘कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि एमालेमा प्रवेश गर्न लागेको हुँ ।’

ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन तय भएको स्रोतले बतायो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका छन् । साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?