+
+

अध्यक्षका छोराले फुटाए गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा माफी

हरि अधिकारी हरि अधिकारी
२०७९ असार ९ गते १५:४५

९ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।

गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।

मंगलबार तोडफोड गरेका उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर माफी दिइएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिए ।

ज्योति गाउँपालिका अध्यक्ष जयप्रकाशका छोरा हुन् । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो । बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिएका थिए ।

एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

‘एक पटक गल्ती भयो भनेपछि कारवाही प्रक्रिया अघि नबढाउने सहमति भयो,’ बैठकमा सहभागी एक जनप्रतिनिधिले भने, ‘बुबाको रिसले सरकारी गाडीमा क्षति पु¥याउनु गलत हो ।’

पालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताए ।  उनले अब तोडफोड गरे कारवाही हुने बताए । ‘माफी मागेपछि एक पटकलाई कागज गरेर माफी दिइएको छ,’ उनले भने, ‘फेरि यस्तो घटना दोह्रोर्‍याएर कारवाही हुन्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?