
९ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् ।
करका दरहरुमा समायोजन गरेर भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताएका हुन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए ।
मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । यसको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ । ट्याक्स समायोजन गरेर भएपनि घटाउनेतर्फ संसदमा जुन कुराहरु रहेको छ । त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ । अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो । त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ ।’
मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावीसमेत गरे ।
प्रतिक्रिया 4