+
+

रणवीरको ‘शमशेरा’को ट्रेलर : स्वतन्त्रताको लडाइँ लड्ने योद्धाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १३:३३

काठमाडौं । रणवीर कपुर स्टारर बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् ।

यशराज फिल्म्सले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ ।

खाकीको बर्दी र निधारमा सेतो टीका लगाएका सञ्जय ट्रेलरमा ‘भयंकर’ स्वरुपमा देखिएका छन् । रणवीरको प्रेमिकाको भूमिकामा देखिएकी वाणी कपुर पनि ट्रेलरमा अटाएकी छन् ।

यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्मले स्वतन्त्रताको कथा प्रस्तुत गर्छ । फिल्मका निर्देशक करण मलहोत्रा हुन् । जुलाई २२ मा रिलिज हुने ‘शमशेरा’का निर्माता आदित्य चोपडा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?