+
+

जीतपुरसिमराका पूर्वप्रशासकीय अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

दुई सप्लायर्सविरुद्ध पनि भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १४:०१

१० असार, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी  २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यस्तै अख्तिायर  न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्‍दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै अख्तियारले ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्‍दै सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?