+
+

इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २०:४४

१० असार, काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।

इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा शुक्रबार निगमका अधिकारीसँग उपसमितिले छलफल गरेको र यस्तो निर्देशन दिएको उपसमितिका एक सदस्यले बताए ।

इन्धन महँगो हुनुमा कर पनि एउटा कारण भएको निश्कर्ष उपसमितिले निकालेको ति सदस्यले बताए । छलफल पछि उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?