
२२ वैशाख, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले किट विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबार) बसेको बैठकले छानबिन गर्न भनेको हो ।
‘भारतको किट विश्वविद्यालयमा प्रीसा साहको मृत्युमा समितिको श्रद्धाञ्जली । यसप्रकारको घटना पटक पटक भैरहेको छ । सो को कारण पत्ता लगाइ । यसप्रकारको घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउँछ,’ समिति सभापति अम्बर बहादुर थापाले भने ।
यसअघि समिती सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालयमा भइ रहेको घटनाको छानबिन गर्न माग गरेका थिए ।
‘के भएको हो अनुसन्धान हुँदै छ भन्ने सूचना आएको छ । कीटमा १२ सय नेपाली छन् भन्न्ने सूचना आएको छ । दुई जना छात्रका मृत्यु भएको छ । छानबिनको माग गर्दछु,’ पौडेलले भने ।
शिक्षामन्त्री रघुजी पन्तले छानबिन भइ रहेको बताए ।
‘यो घटना हुन साथ परराष्टमाफर्फत बुझ्न भनेको छु । त्यो विश्वविद्यालयमा कति विद्यार्थी छन तथ्यांक छैन । सबैले एनओसी लिएर गएको छैन । बोर्डर खुल्ला छ । यो युनिभर्सिटीमा कुन कुन एजेन्सीले पठाउने गरेको छ । किन घटना भयो छलफल गर्न निर्देशन दिएको छु,’ मन्त्री पन्तले समितिमा भने ।
प्रतिक्रिया 4