+
+

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १५:०३

१२ असार, काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक राति क्लबमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भने । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए ।

मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् ।  सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन् ।

विषाक्त खानाका कारण  उनीहरुको ज्यान गएको अनुमान छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?