
काठमाडौं । हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–२ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीहरुमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उदेश्यका साथ जनसेवा माध्यामिक विद्यालयमा कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अनुसार आयोजित कार्यक्रममा बैंकले शैक्षिक सामग्री समेत वितरण गरेको छ ।
कार्यक्रममा अभिभावक, शिक्षक, कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, लम्की शाखाका प्रबन्धक युवराज थापाले वित्तीय साक्षरता बारे सहजीकरण गरेका थिए ।
बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले बैंक्ले देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4