
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारणका लागि ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्ने भएको छ।
- बैंकले सेयरको अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री गर्नेछ र आवेदन साउन ४ गतेसम्म खुला रहनेछ।
- एफपीओको रेटिङ केयर रेटिङबाट बीबीबी प्रदान गरिएको छ र बैंकको हाल कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ।
३२ असार, काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि आज बुधबारदेखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।
बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।
हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गर्नेछ । बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ । एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ । बैंक ७ अर्ब ३६ करोड सञ्चित नोक्सानीमा छ ।
प्रतिक्रिया 4