
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन बैंकले असार ३२ देखि ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने घोषणा गरेको छ।
- बैंकले सर्वसाधारणलाई १५७ रुपैयाँ प्रतिकित्ता दरमा सेयर बिक्री गर्न लागेको हो।
- सर्वसाधारणको बैंकमा सेयर हिस्सा २७ प्रतिशत रहेको र आवेदन साउन ४ सम्म खुल्नेछ।
२४ असार, काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि असार ३२ देखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ ।
हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गर्नेछ । बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ । एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । सोमबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २२० रुपैयाँ छ ।
प्रतिक्रिया 4