+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘दोख’को ट्रेलर रिलिज, निर्देशक बराल भन्छन्- युद्ध त्रासदीको कथा अझै भन्न आवश्यक छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १७:११

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको फिल्म ‘दोख’ असार २४ गते प्रदर्शन हुँदैछ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर सार्वजनिक गरियो । युद्धको त्रासदीमा आफूले मानवीय पक्षलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजेको निर्देशक बरालले बताए ।

‘द्वन्द्वकालमा मैले देखेका विम्ब अझै पनि यादमा छन् । युद्धले छाडेका डोबबाट मान्छे अझै मुक्त हुन सकेका छैनन्,’ निर्देशक बरालले भने, ‘युद्धबीचको मानवीयतालाई मैले चित्रण गरेको छु ।’

प्रतिशोधको बाटोमा हिंडेर कहीं पनि पुगिंदैन भन्ने फिल्मको मुख्य मुद्दा रहेको उनले बताए । फिल्मले युद्धको कुनै पक्षमा नलागेर तटस्थ भएर हेर्ने कोशिश गरेको समेत उनले जनाए ।

अभिनेत्री दीया मास्केले ‘दोख’ र प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका पात्र दुवै अर्थपूर्ण र सुरुचिपूर्ण रहेको बताइन् । निर्माता सविन ज्ञवालीले भूकम्प, नाकाबन्दी र कोभिड महामारीको कारण प्रदर्शनमा ढिलाइ भएको बताए । फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले गाउँले फुटबल खेलमार्फत कथा भन्ने प्रयास गरिएको बताए ।

दीयासहित मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्मलाई शैलेन्द्र कार्कीले खिचेका हुन् । मनिषसहित मनोज अधिकारीले फिल्म निर्माण गरेका हुन् । फिल्मको पटकथा राजन कठेतले लेखेका हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?